विदुर ९ मा एमालेका एकदर्जन कार्यकर्ता नेपाली कांग्रेस प्रवेश

विदुर खबर २०७८ फागुन २९ गते ८:४९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका एकदर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

Advertisement

शनिवार नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ९ दशमुरेद्धारा आयोजित टोल इकाई कार्यसमिति गठन कार्यक्रममा एमालेका १५ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले जानकारी दिए ।

चिरञ्जीवी गिरीको नेतृत्वमा १५ जना नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका पुर्व सभापति अधिकारी, महासमिति सदस्य गिता अमात्य, क्षेत्रिय प्रतिनिधि राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की लगायतले खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

Advertisement

प्रतिक्रिया