नेकपा नुवाकोटको नेतृत्व पुर्व माओवादीको पोल्टामा,पुर्वएमालेको रुवाबासी शुरु

नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नुवाकोटको नेतृत्व पुर्व माओवादी केन्द्रका नेताले गर्ने भएपछि नुवाकोटमा पुर्व एमाले नेताहरुको रुवाबासी शुरु भएको छ ।
मंगलबार नेकपा नुवाकोटको अध्यक्षमा पुर्व माओवादी केन्द्रका नेता पुष्प लामिछाने र सचिवमा पुर्व एमालेका सचिव नै रहेका वुद्धि प्रधानको नाम सार्वजनिक भएसँगै अध्यक्षको दाबेदार मानिएका पुर्व एमालेको नेताहरु झस्किएका छन । आफु नुवाकोटको अध्यक्षको दाबेदार रहेको र आफु नै उपयुत्त नेता रहेको समाचार नुवाकोटको नामबाट काठमाण्डौबाट संचालित एक अनलाइनमा बारम्बार सार्वजनिक गराइरहेका एक नेता प्रदेश नं ३ को कार्यदलले दिएको निर्णयमाथि नै धावा बोल्दै पार्टीको अध्यक्ष अझै आफुले पाउनुपर्ने अन्यथा पार्टीको समानन्तर कमिटि बनाइदिने भन्दै पार्टीनेतृत्व समक्ष धम्की समेत दिइरहेका छन । उनले कार्यदलले गरेको निर्णय हल्ला मात्र भएको बताए । एक अनलाइनसँग उनले जसरी पनि नेकपा नुवाकोटको अध्यक्ष पद आफुले नै पाउनुपर्ने रुवाबासी समेत अनलाइमै व्यत्त गरेका छन ।
नेकपा एकिकरण भएको लामो समय भइसक्दा पनि प्रदेश, जिल्ला र स्थानिय कमिटि एकिकरण नहुँदा शिर्ष नेतृत्व समेत आपतमा परेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया