नेकपा नुवाकोटको नेतृत्व पुर्व माओवादीको पोल्टामा,पुर्वएमालेको रुवाबासी शुरु

विदुर खबर २०७५ भदौ ६ गते ४:१८

Advertisement

नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नुवाकोटको नेतृत्व पुर्व माओवादी केन्द्रका नेताले गर्ने भएपछि नुवाकोटमा पुर्व एमाले नेताहरुको रुवाबासी शुरु भएको छ ।

मंगलबार नेकपा नुवाकोटको अध्यक्षमा पुर्व माओवादी केन्द्रका नेता पुष्प लामिछाने र सचिवमा पुर्व एमालेका सचिव नै रहेका वुद्धि प्रधानको नाम सार्वजनिक भएसँगै अध्यक्षको दाबेदार मानिएका पुर्व एमालेको नेताहरु झस्किएका छन । आफु नुवाकोटको अध्यक्षको दाबेदार रहेको र आफु नै उपयुत्त नेता रहेको समाचार नुवाकोटको नामबाट काठमाण्डौबाट संचालित एक अनलाइनमा बारम्बार सार्वजनिक गराइरहेका एक नेता प्रदेश नं ३ को कार्यदलले दिएको निर्णयमाथि नै धावा बोल्दै पार्टीको अध्यक्ष अझै आफुले पाउनुपर्ने अन्यथा पार्टीको समानन्तर कमिटि बनाइदिने भन्दै पार्टीनेतृत्व समक्ष धम्की समेत दिइरहेका छन । उनले कार्यदलले गरेको निर्णय हल्ला मात्र भएको बताए । एक अनलाइनसँग उनले जसरी पनि नेकपा नुवाकोटको अध्यक्ष पद आफुले नै पाउनुपर्ने रुवाबासी समेत अनलाइमै व्यत्त गरेका छन ।

Advertisement

नेकपा एकिकरण भएको लामो समय भइसक्दा पनि प्रदेश, जिल्ला र स्थानिय कमिटि एकिकरण नहुँदा शिर्ष नेतृत्व समेत आपतमा परेको छ ।

प्रतिक्रिया