नुवाकोटमा झण्डै ३१ हजार जनाको पिसिआर परिक्षण गरियो

विदुर खबर २०७८ फागुन १९ गते १६:५४

नुवाकोट । नुवाकोटमा झण्डै ३१ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बिहिबारसम्ममा जिल्लामा ३० हजार ९ सय ९१ जनाको पिसिआर परिक्षण गरिएको छ ।

पिसिआर परिक्षण गर्नेमा १९ हजार ८ सय २ पुरुष र ११ हजार १ सय १७ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

पिसिआर परिक्षण गरिएकामध्ये ९ हजार ३ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २१ हजार ५ सय ५७ जनामा कोरोना नेगेटिभ देखिएको छ ।

जिल्लामा भेटिएका कोरोना संक्रमितमध्ये ९ हजार ३ सय ५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ रहेको छ । संक्रिय कोरोना संक्रमितमध्ये ४ जना होम आइसोलेसनमा र एकजना अस्पतालमा उपचार गरिरहेका छन् ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया