नुवाकोटमा बन्दको आंशिक प्रभाव

विदुर खबर २०७८ फागुन १६ गते ११:५९
फाईल फोटो ।

नुवाकोट । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव नुवाकोटमा आंशिक रुपमा परेको छ ।

Advertisement

विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन ।

बन्दका कारण नुवाकोटमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरू खलेका छन ।

Advertisement

नुवाकोट मुख्य मुख्य सहरहरू बट्टार, विदुर, त्रिशुली, कोलनी, बेत्रावती, महादेवफाँट लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरू साथै सहरका मुख्य बजारहरू धेरैजसो बन्द रहे पनि आंशिक रुपमा खुलेका छन । विद्यालयहरूले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न नसक्दा यात्रुरुहरू गन्तव्यमा पुग्न पाएका छैनन । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Advertisement

बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले सददनबाट अनुमोदन गरिएको एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन ।

प्रतिक्रिया