नुवाकोटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ माघ ८ गते १६:३९

नुवाकोट । नुवाकोटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४८ जनाको पिसिआर र ३२ जनाको एन्टीजेन परिक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित कोरोनामुक्त भएर फर्किएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा विदुर नगरपालिकामा सबैभन्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तादी गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण हुँदा लिखु गाउँपालिकाका ७ जनामा कोरोना देखिएको छ ।

यस्तै बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा समान २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै किस्पाङ गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

हालसम्म नुवाकोटमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै जिल्लामा हालसम्म २९ हजार ७ सय ५५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया