नुवाकोटमा आज एकैदिन ७४ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ माघ ५ गते १८:५७

नुवाकोट । नुवाकोटमा आज एकैदिन ७४ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७४ जनाको पिसिआर र ८९ जनाको एन्टीजेन परिक्षण गर्दा जिल्लामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये ४० महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा २८ जना र लिखु गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सुर्यगढी गाउँपालिकाका ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दुप्चेश्वका ३ जना, तारकेश्वर गाउँपालिकाका २ जना र तादी र किस्पाङका समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ७७ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये सबै होम आइसोलेसनमा उपचार गरिरहेका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फकिएका छन् ।

हाल जिल्लामा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ८ हजार ३ सय ४७ पुगेको छ । नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भइसकेको छ ।

जिल्लामा हालसम्म २९ हजार ५ सय ८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।

प्रतिक्रिया