भारतको महाराष्ट्रमा कोभिडबाट १ लाख ४१ हजारको मृत्यु

विदुर खबर २०७८ माघ २ गते १६:१३

एजेन्सी । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ ।

Advertisement

पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ ।

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दशमलब १८ प्रतिशत संक्रीय संक्रमित छन् । पछिल्लो सातामा दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । पछिल्लो २४ घन्टामा मृत्यु भएकामध्ये १०६ जना केरलाका छन् । त्यस्तै, पश्चिम बंगालमा ३९ जनाको मृत्यु भएको छ ।

Advertisement

अहिलेसम्म कोभिडबाट महाराष्ट्रमा एक लाख ४१ हजार ७७९ जनाको र केरलामा ५० हजार ६७४ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्नाटकमा ३८ हजार ४१८, तमिल नाडुमा ३६ हजार ९६७ र दिल्लीमा २५ हजार ३३५ जनाको मृत्यु भएको छ । त्यसैगरी, उत्तर प्रदेशमा २२ हजार ९५३ र पश्चिम बंगालमा २० हजार ५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया