त्रिशुली अस्पतालको लापरवाहीले एक सुत्केरीको मृत्यु

विदुर खबर २०७८ पुष २७ गते ७:१४

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको लापरवाहीको कारण एक सुतकेरीको मृत्यु भएको छ ।

Advertisement

अस्पतालको लापरवाहीको कारण विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेकी सुत्केरीको मृत्यु भएको हो ।

न्युनतम सेवा मापदण्डमा उच्चचम अंक हासिल गरेको अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।

Advertisement

घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् ।

यसअघि सोमवार अस्पताल प्रशासनले जिल्लाका पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरि अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. दिपेन्द्र पाण्डेले अस्पताल सुधारका लागि आफुहरु सदैव तत्पर भएर लागि रहने र अवका दिनमा त्यस्ता गल्ती नहुने बताएका थिए ।

Advertisement

यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया