व्यवसायिक संरक्षणमा जोड दिन सरोकारवालाहरुको आग्रह

विदुर खबर २०७५ भदौ ४ गते ८:१४

नुवाकोट÷व्यवसायिक संरक्षणमा जोड दिन सरोकारवालाहरुको माग गरेका छन । होटल तथा पर्यटन व्यवसायी प्रदेश नं ३ ले प्रदेशभरिका व्यवसायिसँग छलफल गर्दा सरोबारवालाहरुले उत्त धारणा व्यत्त गरेका हुन ।

Advertisement

पर्यटनको पहिलो खुड्किालाको रुपमा रहेका होटल ब्यबसायीहरुले पछिल्लो समय स्थानिय तहले लगाएको करको बिषय, ब्यबसायीहरुको छाता संगठन होटल ब्यबसायी महासंघको आसन्न महाधिबेसन लगायतको बिषयमा छलफल गरेको छ ।पर्यटन प्रबद्र्धनका लागी ब्यबसायीहरुले गर्दैै आएको योगदानको राज्यले कदर गर्दै करमा केहि छुट समेत गर्नु पर्ने अन्तक्रिया कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।  होटल तथा पर्यटन ब्यबसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघको आसन्न महाधिबेसनमा सक्षम नेतृत्व चयन गर्ने, ब्यबसायीहरुको समस्यालाई होटल तथा पर्यटन ब्यबसायी संघले अपनत्व लिने बिषयमा केन्द्रित भएको थियो ।

कार्यक्रममा होटल ब्यबसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष अमृत भुजेलले महासंघको नेतृत्व हस्तान्तरणका लागी तोकिएको मितिमा महाधिबेसन सम्पन्न गर्न केन्द्रिय कार्य समिति आतुर रहेको बताए । पछिल्लो समय महासंघमा देखिएको बिबादलाई साम्य बनाउदै सबै ब्यबसायीहरुलाई एक बद्ध बनाएर लैजान आफु तयार रहेको बताए ।कार्यक्रममा उच्चस्तरिय संयन्त्रका संयोजक एवं महासंघका सस्थापक अध्यक्ष माधब नेपालले होटल ब्यबसायी महासंघमा देखिएका सबै समस्याको समाधान भैसकेकाले सफल र सक्षम नेतृवमा महासंघ हस्तान्तरणको तयारी भैरहेको बताए । संस्थापक अध्यक्ष र बर्तमान अध्यक्ष दुबैले हाल सम्म ब्यबसायी महांसघको नोतृत्व गर्दा भएका गल्तिहरु स्विकार्न तयार रहेको बताएका थिए । मुलुक पुनःसंरचनामा गैसकेकाले सात वटै प्रदेशमा रहेका ब्यबसायीहरुलाई महासंघमा आबद्ध गराएर ब्यबसायीहरुको हकहितको संस्थाको रुपमा बिकास गर्न तयार रहेको कार्यक्रममा उल्लेख गरिएको थियो ।

Advertisement

कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले स्थानिय तहले तय गरेको ब्यबसायीक करको बिरोध गर्नु भएको छ । पर्यटन प्रबद्र्धनको पाटोमा होटल ब्यबसायीहरु लागेकाले त्यसको कदर गर्दै कर छुटको ब्यबस्था गर्नुपर्ने बताए । साथै, होटल ब्यबसायी महासंघमा भैरहेको बेथितिहरुलाई हटाएर कुसल नेतृत्व चयन गर्दै ब्यबसायीहरुको संरक्षणमा लाग्नु पर्ने बताए ।कार्यक्रमले प्रदेश नम्बर ३ अन्तर्गत रहेका १३ वटै जिल्लाका स्थानिय तहहरुलाई ब्यबसायीक कर बृद्धिको बिरोध स्वरुप ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

काभ्रे होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघको ब्यबस्थापनमा आयोजना भएको कार्यक्रममा होटल ब्यबसायी महासंघका पदाधिकारी तथा सदस्यहरु, उच्चस्तरिय संयन्त्रका पदाधिकारीहरु, प्रदेश नम्बर ३ अन्तर्गत रहेका सबै जिल्ला होटल ब्यबसायी संघका अध्यक्ष, महासचिब र पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Advertisement

प्रतिक्रिया