माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा तामाङ
नुवाकोट । नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा सोमबहादुर तामाङ चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न पालिकाको दोस्रो सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।
समितिको तीन उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल र बमबहादुर तामाङ रहनुभएको छ । त्यसैगरी सचिवमा बच्चुराम रिमाल, सहसचिवमा मानबहादुर तामाङ र कोषाध्यक्षमा सुशीला तामाङ चयन हुनुभएको छ ।
यसैगरी सम्मेलनले बिरबहादुर तामाङको अध्यक्षमा सात सदसीय सल्लाहाकार समिति चयन गरेको नव निर्वाचित अध्यक्ष सोम तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य विमला सुवेदी, जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, संविधानसभा सदस्य राममाया बोगटी, जिल्ला नेता सुभद्रा न्यौपानेलगाएतको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रले केही दिन अघि वडा सम्मेलन सम्पन्न गरी आज सनिवार देशव्यापी रुपमा पालिकाहरुको सम्मेलन गर्दैछ । तर केही पालिकाहरुमा भने स्थानीय निर्णयअनसुर अगाडि पछाडि भएको माओवादी केन्द्रले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया