माओवादी केन्द्र तारकेश्वरको अध्यक्षमा तामाङ

विदुर खबर २०७८ मंसिर ११ गते ९:३६

नुवाकोट । नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा सोमबहादुर तामाङ चयन हुनुभएको छ ।

Advertisement

शुक्रबार सम्पन्न पालिकाको दोस्रो सम्मेलनबाट तामाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

समितिको तीन उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल र बमबहादुर तामाङ रहनुभएको छ । त्यसैगरी सचिवमा बच्चुराम रिमाल, सहसचिवमा मानबहादुर तामाङ र कोषाध्यक्षमा सुशीला तामाङ चयन हुनुभएको छ । 

Advertisement

यसैगरी सम्मेलनले बिरबहादुर तामाङको अध्यक्षमा सात सदसीय सल्लाहाकार समिति चयन गरेको नव निर्वाचित अध्यक्ष सोम तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य विमला सुवेदी, जिल्ला अध्यक्ष एवं प्रदेश सांसद हिरानाथ खतिवडा, संविधानसभा सदस्य राममाया बोगटी, जिल्ला नेता सुभद्रा न्यौपानेलगाएतको सहभागिता रहेको थियो ।

Advertisement

माओवादी केन्द्रले केही दिन अघि वडा सम्मेलन सम्पन्न गरी आज सनिवार देशव्यापी रुपमा पालिकाहरुको सम्मेलन गर्दैछ । तर केही पालिकाहरुमा भने स्थानीय निर्णयअनसुर अगाडि पछाडि भएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया