लोकप्रिय मतसहित अमात्य कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

विदुर खबर २०७८ मंसिर ८ गते १९:४६

नुवाकोट । नेपाली कांग्रेसकी युवा नेतृ गिता अमात्य लोकप्रिय मतसहित केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहेकी नेतृ अमात्यले भारी मत ल्याएर केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेकी हुन् ।

नुवाकोट क्षेत्र नम्बर २ बाट नेतृ अमात्य केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नेतृ अमात्यले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको नेपाली कांग्रेस नुवाकोटका कार्यकर्ताहरूले जनाएका छन ।

Advertisement

यो समाचार तयार गर्दासम्म ७ सय २७ मत गणना हुँदा अमात्यले ४ सय ५ मत प्राप्त गरेकी छिन् ।

कांग्रेसको १४ औँ महाधिवेशनमा युवाहरूले महाधिवेशन प्रतिनिधिमा कब्जा जमाइरहेका बेला नुवाकोटमा युवाहरुले राम्रो मत पाएर केन्द्रिय प्रतिनिधिमा चयन भएका छन् ।

Advertisement

नुवाकोटमा यसपटकको कांग्रेसको महाधिवेशनमा पाका उम्मेद्धवाहरुले पराजय भोगेपनि युवाहरूले राम्रा स्थानहरूमा जितेका छन ।

युवाहरूलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।

प्रतिक्रिया