एमाले बेलकोगढीको नेतृत्व महिला नेतृ सापकोटाको काँधमा

विदुर खबर २०७८ कार्तिक २४ गते २२:२०

नुवाकोट । नेकपा एमाले बेलकोटगढी नगरपालिकाको अध्यक्षमा रुपा सापकोटा चयन भएकी छन् ।

Advertisement

बुधवार नगरपालिकाको पहिलो अधिवेशनले सापकोटाको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको नेकपा एमाले नुवाकोट नेता बुद्धि प्रधानले जानकारी दिए ।

यस्तै समितिको उपाध्यक्षहरुमा भोज प्रसाद पुडासैनी र पशुपति लोहनी चयन भएका छन् ।

Advertisement

त्यस्तै नगर कमिटिको सचिवमा अनन्तराम नेपाल र सह–सचिवमा नारायण खनाल, सरस्वती तिवारी, जयन्ती तामाङ, बासुदेव गजुरेल र गेहेन्द्र बहादुर न्यौपाने निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया