उत्पादनमुखी अर्थतन्त्र निर्माणबिना राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा
नुवाकोट । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताउनु भएको छ ।
सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर राष्ट्रियता र स्वाधीनता बलियो बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको हो । ‘उत्पादनमा केन्द्रित भएर मात्र हामी गरिबीलाई अन्त्य गर्न सक्छौँ, देशलाई आत्मनिर्भर बनाउन सक्छौँ’, उहाँले भन्नुभयो, ‘विदेशमा भर परेर हाम्रो देश अगाडि बढ्न सक्दैन । हाम्रो राष्ट्रियता र स्वाधीनता बलियो हुँदैन, यसलाई बलियो बनाउन मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता आवश्यक छ ।’
मन्त्री शर्माले आत्मनिर्भर बनेर मात्र समाजवाद बलियो हुने भन्दै त्यसतर्फ संकल्पसहित अघि बढ्न आग्रह गर्नुभयो । समाजवादका लागि गरिबीको अन्त्य, समानता, न्याय र स्वतन्त्रता आवश्यक हुने औँल्याउनुभयो । त्यसतर्फ नेतृत्व, कार्यकर्ता तथा जनता सबै लाग्नुपर्ने समेत बताउनुभयो ।

उहाँले कुनै पनि कार्य गर्दा नेता तथा नेतृत्वलाई जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्ने बताउनु हुँदै त्यसो नभए नेता बाटोबाट बहिकिने बताउनुभयो । ‘जनता र कार्यकर्ताले सधैँ खबरदारी गरिरहनुपर्छ, त्यसो भएन भने नेता काम लाग्दैन’, उहाँले भन्नुभयो ।
यसैगरी मन्त्री शर्माले स्थानीय तहलाई स्रोत र साधन अझ बढी उपलब्ध गराउनुपर्ने बताउनुभयो । स्रोत र साधन उपलब्ध गराए स्थानीय स्तरका सडक पूर्वाधारलगायतका कामहरू आफैँ गर्न सक्ने उहाँको भनाइ रहेको छ । संघीयताको पूर्ण कार्यान्वयनका लागि पनि स्थानीय तहलाई थप अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप





प्रतिक्रिया