सेक्स गरिसकेपछि पीडा हुनुका कारण

लण्डन । सेक्सपछि पीडा हुने समस्याबाट कैयौँ महिला गुज्रिरहेका हुन्छन् । अहिलेको अवस्थामा यो त्यति ठूलो चिन्ताको विषय नहुन सक्छ । तर, यसलाई नजरअन्दाज भने गर्नुहुँदैन । किनकि, यसले ठूलो समस्याको रूप पनि लिन सक्छ ।
चिकित्सकका अनुसार सेक्सुअल रूपमा सक्रिय महिलाले वर्षमा कम्तीमा तीनपटक स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ । सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ ।
सम्भोगका क्रममा योनिको मांसपेशी कडा हुने अवस्थालाई भेजिनिसमस भनिन्छ । यस्तो अवस्थामा निकै पीडा हुने गर्छ । यस्तो समस्याले सम्बन्धमा पनि तनावको वातारण सिर्जना गर्छ ।
जो महिलाको पेल्भिक सुन्निने गर्छ, त्यस्ता महिलालाई शारीरिक सम्बन्धपछि ऐठन हुने गर्छ । यस्तो महिलालाई पिआइडी, क्लेमाइडिया, यौन सञ्चारित रोग या गोनोरिया पनि हुन सक्छ । पिआइडी भएमा फेलोपिन ट्युब र गर्भाशयसमेत सुन्निने गर्छ । जसका कारण सम्भोगका क्रममा वा पछि दुखाइको अनुभव हुन्छ ।
चिकित्सकसँग महिनावारी, शिशुको जन्म र लैंगिक स्वास्थ्यबारे राम्रोसँग खुल्नुपर्छ । त्यस्तै, सम्भोगपछि पीडाको समस्या भए त स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ । योनिको संक्रमण, ओबेरियन सिस्ट या एन्डोमेट्रिसको कारण पनि यस्तो हुन सक्छ ।
केही महिलामा अर्गेज्मपछि पेटको तल्लो भागमा गम्भीर दुखाइ हुने गर्छ । ३५ देखि ५५ वर्ष उमेर समूहका महिलामा यस्तो समस्या भएमा अर्गेज्मको समय दुख्ने गर्छ । त्यस्तो भएमा मेनोपेजको अवस्था आएको सम्झनुपर्छ ।
फिन्ब्रोइडस भनेको नन कन्सेरस ट्रयुम हो, जुन महिलाको युटेरसमा हुन्छ । यो आमसमस्या हो, जसबाट कुनै खतराचाहिँ हुँदैन । सिस्ट ओभरीमा हुन्छ । कहिलेकाहीँ सिस्ट र फिन्ब्रोइडस दुवैले सम्भोगका क्रममा पीडा दिने गर्छन् ।
फिन्ब्रोइडसका कारण महिनावारीका क्रममा अत्यधिक रगत बग्न सक्छ । यसकै कारण सम्भोगपछि पेट पनि दुख्ने गर्छ । र, सिस्ट फुट्न जान्छ । यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिइरहनुपर्छ ।
पिरियडका समय असावधानीपूर्वक शारीरिक सम्पर्क राख्दा पनि पेटमा दुखाइको समस्या हुन सक्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा गर्भाशयमा चोट पुग्ने खतरा हुन्छ ।
किनभने, यस्तो समय महिलाको योनि निकै लचिलो हुन्छ । जसका कारण आरामसँग सम्भोग गर्न सकिने भए तापनि पछि समस्या निम्तिन्छ । यसले गर्भाशयमा पनि चोट
पुग्न जान्छ ।
प्राकृतिक रूपमा शिशुलाई जन्म दिएको केही दिनमै सम्भोग गरेको अवस्थामा दुखाइ हुन सक्छ । यसको मुख्य कारण भनेको शिशुलाई जन्म दिएपछि भेजाइना निकै संवेदनशील हुन्छ । त्यसैले यस्तो वेला शारीरिक सम्पर्कबारे सोच्नुभन्दा पहिले आफैँलाई केही समय दिनुपर्छ ।
संक्रमण भएमा पनि शारीरिक सम्पर्कपछि पेटमा दुखाइ हुने गर्छ । संक्रमणका कारण सम्भोगका वेला पनि कठिनाइ उत्पन्न हुन्छ । अर्को डर के भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा संक्रमणका कीटाणु गर्भाशयमा प्रवेश गरेर त्यसलाई पनि प्रभावित पार्न सक्छ ।
जसका कारण पेटको दुखाइ हुन्छ । त्यसैले संक्रमितको समस्या भएमा सम्पर्कको अवस्थामा सावधानी अपनाउन जारुरी हुन्छ । यस्तो अवस्थामा सम्पर्क राख्दा सुरक्षा प्रयोग गर्न पनि जरुरी हुन्छ, ताकि संक्रमण नफैलियोस् । – एजेन्सी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया