नुवाकोटको भैरवी माविमा सांग्रिला बैंकको वित्तिय साक्षरता
नुवाकोट । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क नुवाकोटको बट्टार शाखाले १७ औँ वार्षिकोत्सवको अवसरमा पारेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको भैरवी माविका विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रमको गरेको छ ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम भैरवी माविका विद्यार्थीहरूमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकका शाखा प्रमुख नवराज सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बैङ्कका शाखा प्रमुख सुवेदीले बैङ्कको महत्त्व, वित्तीय साक्षरता कार्यक्रम किन र के का लागी, बचत किन गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । शाखाका कर्जा विभाग प्रमुख विकास दुलालले कर्जाको महत्त्व, आवश्यकता, रेमिटेन्स, बिमा र नोटको सुरक्षाको विषयमा जानकारी दिँदै सहजीकरण गरेका थिए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाल, विद्यालयका निमित्त प्रधानाध्यापक दिवाकर रिमाललगायतको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया