नुवाकोटको भैरवी माविमा सांग्रिला बैंकको वित्तिय साक्षरता

नुवाकोट । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क नुवाकोटको बट्टार शाखाले १७ औँ वार्षिकोत्सवको अवसरमा पारेर नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको भैरवी माविका विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रमको गरेको छ ।

बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम भैरवी माविका विद्यार्थीहरूमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकका शाखा प्रमुख नवराज सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बैङ्कका शाखा प्रमुख सुवेदीले बैङ्कको महत्त्व, वित्तीय साक्षरता कार्यक्रम किन र के का लागी, बचत किन गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए । शाखाका कर्जा विभाग प्रमुख विकास दुलालले कर्जाको महत्त्व, आवश्यकता, रेमिटेन्स, बिमा र नोटको सुरक्षाको विषयमा जानकारी दिँदै सहजीकरण गरेका थिए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाल, विद्यालयका निमित्त प्रधानाध्यापक दिवाकर रिमाललगायतको उपस्थिति रहेको थियो ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया