धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
विदुर खबर
२०७८ कार्तिक ३ गते २१:००
नुवाकोट । सल्यानमा धारिलो हतियार बसुलो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको कुमाख गाउँपालिका ५ तिमिलेका ४७ वर्षका कबिराम खडकाले ४२ वर्षकी श्रीमती कली खडकाको धारिलो हतियार बसुलो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्याने जानकारी दिएको छ ।
अत्यधिक मदिरा सेवन गरेका खडकाले मंगलबार राति घरायसी विवाद हुँदा बसुलालेले टाउको र घाटीमा प्रहार गरी हत्या गरेको सूचना अधिकारी अर्जुन पौडेलले बताउनु भयो ।
श्रीमान् खडकालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप अनुसन्धानका लागि घटना भएको स्थानमा प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया