जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन, सिसडोल अव ३ महिनामा भरिदै

विदुर खबर २०७५ भदौ १ गते ०:४९

नुवाकोट , सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

Advertisement

उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् । कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ ।

सरकारले कम्तीमा पनि पाँच वर्षकालागि वैकल्पिक ल्याण्डफिल साइटको व्यवस्था नगरे अबको तीन महिनापछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकिने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीबहादुर कुवँरले बताउनुभयो ।उहाका अनुसार राजधानी लगायत स्थानीय तहको फोहोर व्यवस्थापन गर्न नसक्दा समस्या बिकराल बन्दै गएको छ । अहिले सिसडोलाई ल्याण्डफिल भन्दापनि डम्पिङसाइट भन्ने अवस्था र्सिजना भएको छ । लिचेड कहा व्यवस्थापन भैरहेको छ अत्तोतत्तो छैन, जताततै आफुखुसी फोहोर व्यवस्थापन गरिएको छ ।वैकल्पिक स्थान नभएको कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताउदै कामपा वातावरण व्यवस्थापन समितिका संयोजक एवं कामनपा १२ का अध्यक्ष विकास डंगोलले राज्यले ध्यान नदिदा समस्या आएको बताउनुभयो ।

Advertisement

महानगरद्धारा गठित समितिका सदस्य एवं वडा नम्वर ४ का अध्यक्ष मोहन विष्ट, २६ वडा अध्यक्ष ख्यामराज तिवारी र वडा नम्बर १७ का कार्यपालिका सदस्य प्रेम पुजारी सहितको टोली ल्याण्डफिल साइट अवलोकन गर्न पुगेका थिए ।

अहिले सिसडोलमा सामान्य बाटो मर्मत गरेपछि नगन्य मात्रामा फोहोर व्यवस्थापन भैरहेको छ । पानी परेपछि बाटो हिलाम्य हुन्छ । सवारी साधन संचालन हुनै सक्दैन पानी नपरेको बेला झण्डै १ सय ५० सवारी साधनले फोहोर व्यवस्थापन गर्दा घण्टौ लाग्ने गरेको छ । तीनपिप्ले देखि ल्याण्डफिल साइटसम्म जाने बाटो व्यववस्थित भएपनि मुड्खुदेखि जितपुफेदी सम्मको बाटोमा खाल्डैखाल्डा भएको छ । अन्य स्थानको बाटो भन्दापनि ल्याण्डफिल साइटको बाटोले समस्या पारेको विभागीय प्रमुख कुँवरले बताउनुभयो ।

Advertisement

दैनिक एक हजार टन फोहोर व्यवस्थापन हुने सिसडोलमा अहिले करिब ४ सय टनमात्रै फोहोर व्यवस्थापन हुने गरेको छ । कÞरीब ५० मिटर उचाइसम्म फोहोर माथी नै निर्माण गरेको सिसडोल ल्याण्डफिल साइटको प्रवेश मार्ग बर्षाद र फोहरको अत्याधिक भारले भासिएको छ । जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६२ सालमा निर्माण गरेको सिसडोल ल्याण्डफिल साइटको क्षमता सकिसकेको छ । २ बर्षको क्षमता रहने गरी निर्माण गरेको सो ल्याण्डफिल साइटको विकल्पको रुपमा रहेको वञ्चरेडाडाको ल्याण्डफिल साइट निर्माण गर्न सकिएको छैन । करिब दुई साता अघि फोहोर व्यवस्थापन समस्याले बिकराल रुप लिदै गएपछि उपत्यका लगायतका २२ स्थानीय निकायको बैठकले कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले काम गरेपनि ब्यवस्थापनको भने अहिले सम्म निकर्षमा पुग्न सकेको छैन ।

२०६२ साल जेठ २२ गते देखि काठमाडौं र ललितपुरमा उत्पादन भएको फोहोर ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । त्यस क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटको क्षमता ३ बर्ष हुने अनुमान गरिएको थियो । तत्कालिन अवस्थामा काठमाडौं महानगर र ललितपुर उपमहानगर बाट दैनिक ३ सय ७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । अहिले दैनिक झण्डै १ हजार टन फोहोर जाने गरेको छ । सरकारले ३ बर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन शुरुवात गर्ने लक्ष्य थियो । तोकिएको समयको भन्दा १० बर्ष पछि पनि बञ्चरे डाँडाको पूर्वाधार बन्न सकेको छैन ।पुर्वाधार बन्न नसक्दा अहिले सबै निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । नुवाकोट र धादिङ जिल्लाको सीमानामा पर्ने बञ्चरे डाँडाको जग्गा प्राप्तिको काम सकी सरकारबाट वातावरणीय प्रभाव मूल्याङ्कन पनि गराइएको छ । बञ्चरेडाँडामा १ अर्ब रुपैयाँ खर्च भइसकेपनि पूर्वाधार भने केहीबनेको छैन ।

प्रतिक्रिया