विदुर नगरपालिकाका बालविकास शिक्षकले मेयरलाई ज्ञापन पत्र बुझाए
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका भित्रका नेपाल विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुले ज्ञापनपत्र बुझाएका छन् ।

मंगलवार नेपाल विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुले विदुर नगरपालिका पुगेर मेयर सञ्जु पण्डितलाई राज्यले तोकेको पारिश्रमिक दिनुपर्ने माग गर्दे ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले आर्थिक वर्ष २०७८ को बजेटबाट पारित भएको सामुदायिक विद्यालयमा कार्यरत न्युन पारिश्रमिक भएका विद्यालय कर्मचारी लेखापाल र सहयोगी तथा बालविकास सहयोगी कार्यकताको तलव भत्ता स्थानिय तहबाट ७ हजार रुपैयाँ थप गर्ने गरी आदेश कार्यान्यन गर्न माग गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुले नेपाल राजपत्र भाग ५ मा प्रकाशित श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको सूचनाको बुदा नं.२ र बुंदा नं ३ को अनुसार पालना गर्न समेत आग्रह गरेका छन् ।
उक्त बुँदामा कम्तिमा न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ कायम गरिएपनि विदुर नगरपालिका अन्तरगतका विद्यालय कर्मचारी तथा बालविकास सहयोगी कार्यकर्ताहरुले खाइपाइ आएको तलबमा केन्द्रबात ८ हजार र स्थानिय तहबाट ७ हजार थप गरी १५ हजार रुपैया तलब भत्ता उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले राज्यले तोकेको पारिश्रमिक नदिए कडा आन्दोलनमा जाने चेतावजी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले शिक्षक तथा कर्मचारीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै छिट्टै समस्या समाधान गर्ने बताए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया