चार अर्बमा बन्ने धरहराको प्रस्ताव अगाडि बढ्यो, चीनको परीक्षण पश्चात अब भदौ १ मा उपयुक्त कम्पनी छनोट

काठमाडौं,करिब चार अर्ब रुपैयाँ खर्चगरेर बनाउन प्रस्ताव माग गरिएको धरहराको औपचारिक प्रक्रिया अब भने आगाडि बढ्ने भएको छ ।पटक पटक विभिन्न कारणले अवरोध भएको धरहरा निर्माणमा अब भने कुनै अवरोध र समस्या नरहेकोले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रस्ताव माग गरेका पाँचैवटा कम्पनीको आर्थिक प्रस्ताव खोल्ने र उपयुक्त कम्पनीलाई धरहरा बनाउन जिम्मा दिने भएको छ ।
प्राधिकरणले आगामी भदौ १ गते बिहान ११ बजेलाई धरहरा निर्माण गर्न प्रस्ताव पेश गर्ने कम्पनीहरूको आर्थिक प्रस्ताव खोल्ने र उपयुक्त कम्पनीलाई छनोट गर्ने भएको छ । यस अघि असार २६ गते र साउन २९ गते खोल्ने भनिएको प्रस्ताव स्थगित भएर भदौ १ गते पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले बताए ।
घिमिरेले मंगलबार भने ‘ चीनले आफ्ना देशका कम्पनीले प्रस्ताव हालेको र परीक्षण गर्नुपर्ने माग गरेको भन्दै फाइल तानेको थियो । चीनले यो प्रस्ताव परिक्षण गर्नु नपर्ने भन्दै दूतावासबाट फाइल फिर्ता आएकोले अब प्राधिकरणले नै आफ्नो प्रक्रिया अनुसार यसलाई अगाडि बढाउने भएको छ ।सोही प्रक्रिया अनुसार आज खाल्ने भनिएको प्रस्ताव प्राविधिक कारणबस भदौ १ गतेलाई सारिएको हो ।’, पटक पटक प्रस्ताव खोल्ने मिति सारिएको यो योजनाको अब भने भदौ १ गते आर्थिक प्रस्ताव खोलेपछि सबैभन्दा कम पैसा कबोल गर्नेलाई छनोट गरेर सम्झौता हुने भएको छ ।
पूर्व कार्यातालिका अनुसार सम्झौता भएको २ वर्ष भित्रै निर्माण कम्पनीले २०७२ बैशाखको भूकम्पले ढलेको धरहराको निर्माण गर्ने भएको छ ।प्राधिकरणले गत बैशाख ३१ गते धरहरा निर्माण गर्न चाहने कम्पनीबाट प्रस्ताव माग गरेको थियो । उक्त प्रस्तावबाट गत असार २० गतेसम्म धरहरा निर्माणका गर्न आवेदन दिने कम्पनीमध्येबाट ५ वटा प्रारम्भिक छनोटमा परेका छन् ।यी कम्पनीमध्येबाट प्राधिकरणले असार २६ गते नै आर्थिक प्रस्ताव खोल्ने तयारी गरेपनि प्रारम्भिक छनोटमा परेकै मध्येको एउटाले उजुरी दिएपछि यसको प्रक्रिया तत्कालाई रोकिएको थियो । सो प्रक्रिया रोकेर प्राधिकरणले आज मंगलबारसम्मलाई प्रस्ताव खोल्ने तयारी गरेको थियो ।
धरहरा बनाउन करिब ४ अर्ब २७ करोड लाग्ने अनुमान छ । यो रकममा धरहराको मूल भाग निर्माणका लागि १ अर्ब १२ करोड खर्च हुने अनुमान प्राधिकरणको छ ।धरहरा निर्माणपछि यसको व्यवस्थित सञ्चालन गर्न आवश्यक पार्किङ बनाउनुपर्ने छ । यसका लागि हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । बाँकी लागत भने धरहरा वरपर आकर्षण दिन बनाइने वाटर फाउण्टेन, म्युजियम, गार्डेन, हरियाली तथा आगन्तुकको व्यवस्थित स्थानसहितमा हुने पनि उल्लेख छ ।
नयाँ बन्ने धरहरा २२ तलाको हुने छ भने १४५ फिट अग्लो हुन्छ । धरहरामा २ वटा लिफ्ट हुन्छन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्कोले ८ जनालाई ओराल्ने काम गर्ने पनि प्राधिकरणले स्वीकृत गरेको पुरातत्व विभागले तयार पारेको नयाँ डिजाइनमा उल्लेख छ । यो धरहरा बनाउँन पाँच वटा कम्पनी प्रतिस्पर्धामा छन् । प्राधिकरणले प्राविधिक रुपमा स्वीकृत गरेका यस्ता पाँच कम्पनीमा जेटआईईसी–लामा जेभी, सीआरएससीईसी–स्वाच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईईटीसी–रमन जेभी र सीआईसीओ–कालिका–रसुवा जेभी रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया