नुवाकोट मुलाबारीका राजेन्द्र पण्डित पक्राउ

विदुर खबर २०७८ असोज ६ गते १३:५५

नुवाकोट । अस्पतालका निर्देशकलाई अपहरण गरेको आरोपमा नुवाकोटका राजेन्द्र पण्डित पक्राउ परेका छन् ।

Advertisement

 बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेको घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

घटनामा संलग्न राजेन्द्र पण्डितलाई प्रहरीले नुवाकोटवाट पक्राउ गरेको हो । उनलाई अदालतले कै द फैसला गरेपछि सम्पर्क विहिन भएका थिए । अदालतले उनलाई ९ वर्षको कै द सजाय सुनाएको छ । मंगलवार पक्राउ गरिएका उनलाई अदालत पेश गरिदैछ ।

Advertisement

पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कै द र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो ।

लामो समय भारतमा बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले खोजीलाई तीब्रता दिएको थियो । सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

Advertisement

फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका डिआइजी धिरजप्रताप सिंहले बताए ।

प्रतिक्रिया