नेकपा नुवाकोट र रसुवाको अध्यक्षमा पुर्व माओवादीको कब्जा, नुवाकोटको अध्यक्ष अधिकारी बन्ने संभावना

विदुर खबर २०७५ साउन ३१ गते ९:०३

Advertisement

विदुर खबर विदुर, नेकपाको नुवाकोट र रसुवाको अध्यक्षमा पुर्व माओबादी केन्द्रले कब्जा जमाउने भएको छ । नुवाकोटमा नेकपाको नेतृत्व कसले गर्ला भन्ने चाख र चर्चा चुलिदैँ गर्दाे एकाएक नुवाकोट र रसुवामा पुर्व माओवादीले नेतृत्व गर्ने सुचना वाहिर आएको हो ।
नेकपा नुवाकोटका एक नेताले नाम उल्लेख नगर्नै सर्तमा नुवाकोट, रसुवा, ललितपुर, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक पुर्व माओवादीको मागमा परेको बताए । त्यस्तै भक्तपुर, काठमाडौं, काभ्रे, दोलखा, रामेछाप, चितवन, धादिङलगायत जिल्लाको नेतृत्व पूर्वएमालेले पाएको जानकारी दिए । नेकपा नुवकोटका एक नेताले बताए अनुसार नुवाकोटको अध्यक्षमा पुर्व माओवादी केन्द्रले अध्यक्षको रुपमा श्रीकृष्ण अधिकारी बिबेकलाई अघि सार्नै संकेत गरेको छ । यसअघि नेकपाको नुवाकोटको अध्यक्षमा नेता राजेन्द्र प्रकाश लोहनीको नाम चर्चामा रहेको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेको छ । पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रबीच केन्द्रमा एकता भएको ३ महिनापछि प्रदेश र जिल्ला तहमा पार्टी एकताको अन्तिम तयारी भइरहेको छ । नेकपा स्रोतका अनुसार ३ नंवर पदेशमा दुई पार्टीबीच एकताको विधिको लगभग टुंगो लागेको छ । कार्यदलको बैठकले एकताको मोडालिटी तय गरेको बताइएको छ । जिल्लको आधारमा पुर्व एमालेलाई ८ जिल्ला र पुर्व माओवादलिाई ५ जिल्लाको नेतृत्व दिने सहमति भएको छ ।

Advertisement

प्रतिक्रिया