कांग्रेसको क्षेत्रिय सचिवमा सुवन गिरीको उम्मेदवारी घोषणा

विदुर खबर २०७८ असोज ५ गते २१:२०

नुवाकोट । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको तयारी केन्द्रदेखि जिल्लासमम्म तिव्र गतिमा भइरहँदा दैनिक विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढी रहेको छ ।

Advertisement

यसैक्रममा दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा सुवन गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका वडा नम्बर ४ हल्देकालिकाका सुवन गिरीले नेपाली कांग्रेसका पुर्व अर्थमन्त्रि तथा केन्द्रिय सदस्य डा. रामशरण महत, डा. प्रकाशशरण महत र बहादुरसिंह लामा प्यानलबाट क्षेत्रिय सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अबको नेतृत्वमा युवाको विकल्प नभएको भन्दै उनले क्षेत्र नम्बर १ को क्षेत्रयि सचिवमा उम्मेदवारी घोषणा गरेको बताए ।

Advertisement

अहिले कांग्रेसमा युवापुस्तालाई प्रोत्साहन गर्दै नेतृत्व विकास गर्न जरुरी रहेको उनले बताए । अग्रजहरूले देखाएको प्रजातन्त्रप्रतिको अटल विश्वासलाई जीवन्तता प्रदान गर्न र पार्टीमा नयाँ रक्तसञ्चारको प्रवाह गर्न १४ औं महाधिवेशन कोसेढुंगा सावित हुनेछ । साथै यो महाधिवेशनले आधुनिक विचार बोकेका दक्ष युवालाई राजनीतिमा आकर्षण गराउनेछ । पदबहाली गराउनेछ । यो आजको आवश्यकता पनि हो उनले विदुर खबरसँग भने ।

लामोसमयदेखि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाली कांग्रेस पार्टीमा सक्रिय राजनिति गर्दे आइरहेका उनले वि.स. २०५८ सालबाट सक्रिय राजनितिमा अगाडी बढेका थिए । उनले नेपाल विद्यार्थी संगठबाट आफ्नो राजनितिलाई अगाडी बढाएका थिए । हाल आएर गिरीले केन्द्रिय तहदेखि जिल्लास्तरसम्मको नेपाली कांग्रेसको भातृ संगठन एवंम शुभेच्छुक संगठनको पदिय जिम्मेवारी लिइ सक्रिय रुपमा आफ्नो जिम्मेवारीलाई अगाडी बढाएका छन्

Advertisement

चार वर्षअघि सम्पन्न भएको स्थानिय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समयमा उनले एक बुथ २० युथको अवधारणा ल्याएर सबै तरुण युवाहरुलाई परिचालन गरेका थिए ।

अत्यन्तै निडर साहासी, त्यागी, इमान्दारी एवम बौदिक व्यत्तित्वमा आफ्नो छवि बनाएका उनले पार्टीको विभिन्न जिम्मेवारीमा रही काम गरिरहेका छन् । कोरोनाको महामारीको समयमा नेपालमा लामो समय निषेधाज्ञा भएको थियो । तर त्यो समयमा काम गरेर खान नपाउने वर्ग मारमा पर्दा उनले काठमाण्र्डौको नयाँ वसपार्कमा १० हजारभन्दा बढीलाई निशुल्क खाना खुवाएका थिए ।

राजनिति भनेकै समाजसेवा भन्ने मान्यता राख्ने उनी अहिले कांग्रेसका सक्रिय युवा नेता हुन् । उनले आफु नेतृत्वमा हुँदै गर्दा एक पुस्ताको नेतृत्वको भुमिका आफुले गर्ने बताएका छन् । युवाहरुको चाहना पनि उनी नेतृत्वमा पुग्नुपर्ने भन्ने रहेको उनले बताए ।


उनी अहिले राजनिति र समाजसेवासँगै विपी स्टडी युथ सर्कल बाग्मति प्रदेश अध्यक्ष, नेपाल तरुण दल नुवाकोटको सचिव, नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय सदस्य सुपर माउन्ट एभरेष्ट यातायात व्यवसायी प्रालिका अध्यक्ष र नेपाल यातायात राष्ट्रिय महासंघ केन्द्रिय सदस्य रहेका छन् ।


सानैदेखि समाजसेवामा लागेका उनी हजुरवुवाको प्रभाव आफुमा परेको बताउँछन् । उनका हजुरवुवा होमराज गिरीले पनि दुखी र सामान्य वर्गका व्यत्तिहरुलाई धेरै सहयोग गरि सामाजिक सेवामा लागेर आफुलाई समाजसेवीको रुपमा चिनाएका थिए । त्यसैको प्रभावले पनि सुवन गिरीलाई सामाजिक एवंम राजनितिक रुपमा अगाडी बढ्न प्रेरणा मिलेको उनलाई नजिकबाट चिनेकाहरु बताउँछन् ।


उनै गिरीले २०७२ सालको महाभुकम्पमा परिवार र आफन्त गुमाएका पिडितहरुलाई उद्धार गर्न उनी आफ्नै गाउँमा खटिएका थिए । उनले त्यस समयमा आवश्यक खाद्यान्न तथा विविध सामाग्रीहरु आफै जुटाएर उद्धार कार्यमा लागेका थिए ।

प्रतिक्रिया