विदुरमा पानी नआएपछि जनप्रतिनिधि आक्रोशित

विदुर खबर २०७५ साउन ३१ गते १:२६

Advertisement

विदुर/विदुर नगरपालिकाको विभिन्न स्थानमा पानी नआएको धेरै भएपछि नगरपालिकाका जनप्रतिनिधिले चासो दिएका छन । यसैक्रममा मंगलबार विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समिति र राष्ट्रिय गौरबको आयोजनाको रुपमा सञ्चालित गल्छी–त्रिशूली–मैलुङ–स्याप्रवेशी–रसुवागढी सडक आयोजनाका पदाधिकारीसँग वृहत  छलफल भएको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समिति र राष्ट्रिय गौरबको आयोजनाको रुपमा सञ्चालित गल्छी–त्रिशूली–मैलुङ–स्याप्रवेशी–रसुवागढी सडक आयोजना अन्तर्गत सञ्चालित तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाका प्राबिधिकहरुलाई द्रुत गतिमा काम अगाडी बढाउदै नगरबासीलाई सहज रुपमा पानी खुवाउने वातावरण सिर्जना नगरे कावार्ही गर्ने बताएका छन ।

Advertisement

मंगलबार विदुरमा विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिले आयोजना गरेको छलफलमा बिदुर नगरपालिकाका मेयर पण्डितले बिदुर खानेपानी समितीको गैरजिम्मेबारपनले  लामो समय भैसक्दा पनि बिदुरबासीले स्बच्छ खानेपानी पिउन बञ्चित भएको भन्दै छिटो भन्दा छिटो खानेपानी आयोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन । मेयर पण्डितले नुवाकोटमा विकास निर्माणको काममा जनप्रतिनिधिले निर्माण कम्पनिलाई धेरै सुझाब र सहयोग प्रदान गरेपनि ठेकेदार तथा निर्माण कम्पनिले साचेजस्तो परिणाममुखी काम नगरेको भन्दैे सबैले आफ्नो तर्फबाट कमजोरी सच्चाउन आबश्यक रहेको बताउनुभएको छ । उहाँले नगरपालिकाको प्रतिष्ठासँग खानेपानी र सडक आयोजना जोडिएको भन्दै तत्काल पाइप विछाउने वातावरण मिलाउन आयोजना निर्माण सम्बन्धि निकायहरुलाई निर्देशन दिएका छन् ।

सो कार्यक्रममा विदुर नगरपालिका वडा नंम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले सडक निर्माण गर्ने गल्छी–त्रिशुली–मैलुङ–स्याप्रवेशी–रसुवागढी सडक आयोजना र तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गर्ने शैली प्रति असन्तुष्ट रहेको बताए । उनले जनताको आबश्यकता र पहिचानको आधारमा खानेपानी आयोजनाले प्रारम्भिक प्रतिबेदन तयार पार्नुपर्ने तर अहिलेको समयमा जथाभाबी रुपमा आयोजनाले मनलाग्दी ढंगबाट कार्य प्रक्रिया अगाडी बढाईरहेको आरोप लगाए ।

Advertisement

बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति नुवाकोटका अध्यक्ष नारायण बहादुर खनालले आयोजनाको लागतको केहि प्रतिशत रकम स्थानिय नागरिकह्रुले संकलन गरेको जानकारी दिए । एशियाली बिकास बैङकको सहयोगमा निर्माणाधिन अबस्थामा रहेको तेश्रो साना शहरी खानेपानी आयोजनाको तोकिएको समयमा निर्माण सम्पन्न्न हुन नसकेपछी १ बर्ष समयाबधि थपिएको बताए । छलफलमा गल्छी–त्रिशूली–मैलुङ–स्याप्रवेशी–रसुवागढी सडक आयोजनाका प्राबिधिक कृष्ण महतोले आयोजनाले व्यत्तिगत जग्गामा काम गर्न नपाएको भन्दै मुअब्जाको विवादले समयमा नै आयोजनाले र तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गरेक छन  ।  उनले नापी र मालपोत कार्यालयले काममा ढिलाइ गरेको  कारण मुअब्जा वितरणमा पनि ढिलाई भएको बताए ।

सडक आयोजना, खानेपानी आयोजना र सरोकारवाला निकाय बिच भएको छलफल कार्यक्रमले सडकको किनारामा पाईप लाईन बिच्छ्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया