कांग्रेसको विदुर नगर सभापतिमा गिता अमात्यको उम्मेद्धारी घोषणा

विदुर खबर २०७८ भदौ २९ गते १४:१०

नुवाकोट । नेपाली काग्रेंस नुवाकोटकी युवा नेतृ गिता अमात्यले नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको लागि आसन्न गाउँ÷नगरपालिका अधिवेशनमा कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् ।

Advertisement

नेपाल महिला संघकी नेतृ समेत रहेकी समेत रहेकी अमात्यले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज ९ गते हुन गईरहेको गाउँ÷नगरपालिका अधिवेशनमा कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।

नुवाकोटमा कांग्रेसको महाधिवेशन अन्तरगत वडादेखि गाउँ÷नगरपालिका, जिल्ला हुँदै केन्द्रीय अधिवेशनको सारगर्मी बढिरहेका बेला युवा नेतृ अमात्यले कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेकी हुन् ।

Advertisement

अमात्यले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ आगामी असोज ९ गते हुने गाउँ÷नगरपालिका अधिवेशनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको बताए ।

अमात्यले नगर सभापतिमा चुनिएको अवस्थामा नगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए ।

Advertisement

उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराब काममा विरोध गर्ने बताए । ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको, राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ अमात्यले भनिन्, । यस्तै सम्रग महिलाहरुको आवाजलाई सम्बोधन गर्न निरन्तर लागिरहने समेत उनको योजना छ ।

उनले समाजसेवासँगै राजनितिलाई अघि बढाउन आफुले लागि विदुर नगर पालिकाको नगर सभापतिमा दावेदारी गरेको बताए । उनले नेपाली काङ्ग्रेसमा युवा जनशक्तीको आवश्यकता र पार्टीमा युवा नेतृत्वको खाचो रहेको बताइन् ।

नगरपालिकाका अग्रज नेता तथा युवाहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै अमात्यले सबैले साथ दिने अपेक्षा गरेकी छिन् ।विदुर नगरपालिका वडा नम्बर २ बट्टारकी अमात्य गत स्थानिय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट विदुर नगरपालिकाको उपमेयरको प्रत्यासी समेत रहेकी थिइन ।

विदुर नगरपालिकाको सभापतिमा उम्मेद्धवारी घोषणा गरेकी नेतृ अमात्यलाई कांग्रेसका सह-महामन्त्रि डा. प्रकाशरण महत, प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा र बाग्मति प्रदेशसभाकी सांसद कल्पना नेपाली लगायतको सर्मथन पाएकी छिन् ।

कांग्रेस पदाधिकारी बैठकले नुवाकोटमा असोज ९ गते पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन असोज १३ मा , एकभन्दा बढी भएका जिल्ला असोजको १६ गते प्रस्ताव गरिएको छ । यस्तै प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया