कांग्रेसको विदुर नगर सभापतिमा बद्री रिमालको उम्मेद्वारी घोषणा
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा युवा नेता बद्री रिमालले नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको लागि गाउँ÷नगरपालिका अधिवेशनमा कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ३ का कांग्रेस इकाई सभापति समेत रहेका रिमालले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज ९ गते हुने गाउँ÷नगरपालिका अधिवेशनमा कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
नुवाकोटमा कांग्रेसको महाधिवेशन अन्तरगत वडादेखि गाउँ÷नगरपालिका, जिल्ला हुँदै केन्द्रीय अधिवेशनको सारगर्मी बढिरहेका बेला युवा नेता रिमालले कांग्रेसको विदुर नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
रिमालले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ आगामी असोज ९ गते हुने गाउँ÷नगरपालिका अधिवेशनमा सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको बताए ।
मैले नगरसभापतिको लागि कांग्रेसबाट निर्वाचित सबै वडाका वडाध्यक्षहरुसँग छलफल गरेर उम्मेद्धवारी घोषणा गरेको हुँ । मलाई सबैको सर्मथन र साथ छ , त्यसैले म नगरसभापति बन्नेमा ढुक्क छु, रिमालले भने ।
केही वर्षअघि सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नगरपालिकाको अधिकांश स्थानमा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेद्ध्वार पराजित हुँदा विदुर ३ मा रिमालले भारी मतले जित हासिल गरेका थिए ।
रिमालले नगर सभापतिमा चुनिएको अवस्थामा नगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए ।
उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराब काममा विरोध गर्ने बताए । ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको, राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ रिमालले भने ।
उनले समाजसेवासँगै राजनितिलाई अघि बढाउन आफुले लागि विदुर नगर पालिकाको नगर सभापतिमा दावेदारी गरेको बताए । उनले नेपाली काङ्ग्रेसमा युवा जनशक्तीको आवश्यकता र पार्टीमा युवा नेतृत्वको खाचो रहेको बताए ।
नगरपालिकाका अग्रज नेता तथा युवाहरुको आफूप्रती ठूलो सद्भाव रहेको भन्दै रिमालले सबैले साथ दिने अपेक्षा गरेको उल्लेख गरे ।
नेपाली कांग्रेसको महाधिवेशन अन्र्तगत असोज ९ गते पालिका अधिवेशन, प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन असोज १३ मा , एकभन्दा बढी भएका जिल्ला असोजको १६ गते प्रस्ताव गरिएको छ ।
यस्तै प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा गर्ने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया