एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै
नुवाकोट । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि आज बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच मिलेनियम च्यालन्ज सम्झौता (कम्प्याक्ट) मा सम्झौता भएको थियो । एमसीसीबाट पहिलोपटक उच्च तहमा हुन लागेको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।
सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । नेपालमा कार्यान्वयन हुन लागेको एमसीसीलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ ।
अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको थियो । उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनुका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको थियो ।
नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारको काम हुने बताइएको छ ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया