अपडेट: नुवाकोटमा बस दुर्घटना ४९ जना घाइते(फोटो फिचर)

विदुर खबर २०७५ साउन ३० गते ८:३४

Advertisement

नुवाकोट÷बुधबार विहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशुलीतर्फ आउदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूली उपचार हुन नसकेपछि उपचारको लागी बुधबार अपरान्ह नै काठमाडौ पठाइएको छ ।


बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस विदुर नगरपालिका वडा नं .९ स्थित लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुदाँ चालक ज्ञानबहादुर तामाङ सहित ४९ जना भन्दाबढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । यात्रुहरुले घचाघच भरिएको बस दुर्घटना हुदाँ घाइते भएका ४९ जना जिल्ला अस्पतालमा उपचारको लागी भर्ना भएको र घाइतेको सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रुहरु रहेका छन । बिहान ८ बजे बुङताङबाट त्रिशूलीको लागी यात्रु लिएर आइरको बस लामाटारबाट भैरमकोट जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको बस अघि बढ्ने क्रममा सडक भासिएर दुर्घटना हुदाँ सडकबाट करिब ५० मिटर तल खसेको बस धनी र सोही गाडीमा आउनुभएका बुङताङका मानबहादुर तामाङले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेमा देउरालीका ६० वर्षिये प्रेमसिङ तामाङ , ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षिय ज्ञानबहादुर तामाङ र ३ वर्षका ईसायन तामाङ रहेको प्रहरी प्रमुख कुवरले बताउनुभयो ।

Advertisement


सामान्य घाइते हुनेहरुमा टिकामाया तामाङ, रिजम तामाङ होमबहादुर तामाङ ,रिता तामाङ र लेसांङ तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अन्य घाइतेहरुको भने नाम थर खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया