इन्डोनेसियाको कारगारमा आगलागी, ४१ कैदीको मृत्यु

विदुर खबर २०७८ भदौ २४ गते ८:०७

एजेन्सीइन्डोनेसियाको राजधानी जाकार्तास्थित टन्न कैदी भरिएको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जना कैदीको ज्यान गएको छ ।

Advertisement

अधिकांश कैदी मस्त सुतिरहेकोबला बुधबार राति अचानक त्यहाँ आगलागी भएको सञ्चार माध्यमले जनाएको छ । गार्डहरूले बन्दी थुन्ने कोठाहरूका ताला खोलिदिएपनि आगोले अत्यन्तै उग्र रूप लिएकाले यति ठूलो संख्यामा कैदीहरूको ज्यान गएको कारगारका अधिकारीहरूले पत्रकारहरूलाई बताएका छन् ।

सो दुर्घटना घटेको चालिस जना कैदी अटाउने कोठामा १ सय २२ जना थुनिएको बताएको छ । मारिनेमा पोर्चुगल र दक्षिण अफ्रिकाका क्रमशः एक एक कैदी पनि रहेका छन् ।

Advertisement

इन्डोनेसियाको कानुन तथा मानव अधिकार मामिला मन्त्री यासोना लाओलीले ती दुवै मुलुकका दुतावासलाई घटनाको जानकारी गराइसकेको बताएका छन् । यस घटनामा आठ जना कैदी गम्भीर घाइते भएका छन् ।

विद्युत्को सर्ट सर्किटको गडबडीको कारण यो आगलागी भएको हुनुपर्ने अनुमान गरिएको छ ।

Advertisement

प्रतिक्रिया