नुवाकोटमा संगठन सुदृढीकरण अभियानमा जनता समाजवादी पार्टी

विदुर खबर २०७८ भदौ १४ गते १९:२७

नुवाकोट । जनता समाजवादी पार्टी नेपाल (जसपा) नुवाकोटमा संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) संचालन हुने भएको छ ।

Advertisement

अभियान यहि भदौ २२ गते पार्टी कार्यालय विदुरमा उद्घाटन हुने भएको छ।

महासचिव गंगानारायण श्रेष्ठ र केन्द्रिय सदस्यहरु सोनाम स्याङ्तान र बन्धना सुवेदी तथा बागमती प्रदेश उपाध्यक्ष राजु नेपालको उपस्थितिमा हुने भएको हो।

Advertisement

गत भदौ २ गते काठमाडौमा बसेको जसपा केन्द्रिय समिती बैठकले “संघीयता ,सुशासन, समृद्धि र समाजवाद ! समुन्नत संघीय समाजवाद जिन्दावाद” को मुल नारा सहित जुत्ता फटाउने (सुज अभियान) देशब्यापी रूपमा संचालन गर्ने निर्णय गरेको थियो।

केन्द्रिय परिषद सदस्य राजन बमले नुवाकोटमा डा. भिमलाल तामाङको संयोजकत्वमा (सुज अभियान) संचालन हुने जनाएका छन् ।

Advertisement

प्रतिक्रिया