नुवाकोटमा सक्रिय कोरोना संक्रमित घट्दै
नुवाकोट । नुवाकोटमा पछिल्लो एकसातायता दैनिक रुपमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो एकसाता यता जिल्लामा दैनिक रुपमा कोरोना संक्रमित घटेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो नुवाकोटमा शनिवारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६१ मा झरेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिकाका मात्रै १९ जना रहेका छन् ।
यस्तै सुर्यगढी गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिँदा लिखु, शिवपुरी, पन्चकन्या र तारकेश्वर गाउँपालिकामा समान एक÷एक जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ७ हजार ४ सय ५७ पुगेको छ ।
जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ३ सय २९ जना होम आइसोलेसनमा, १७ जना अस्पतालमा र १५ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।
नुवाकोटमा हालसम्म ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा २६ हजार ३ सय ६ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया