पछिल्लो २४ घण्टामा थपिए १८५७ संक्रमित, २७ जानको निधन
विदुर खबर
२०७८ भदौ १२ गते १७:३५
नुवाकोट । कोरोना भाइरसको संक्रमण आज एक हजार ८५७ जनामा देखिएको छ ।
विगत २४ घण्टामा १३ हजार १७६ जनाको परीक्षण गर्दा एक हजार ८५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ ।
यस्तै ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज संक्रमणबाट दुई हजार २२२ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट २७ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् ।
सघन उपचार कक्ष (आइसियु)मा ६१५ जना, भेन्टिलेटरमा १७४ जना, होम आइसोलेसनमा ३३ हजार ८३५ जना, संस्थागत आइसोलेसनमा तीन हजार ३१ जना र क्यारेन्टाइनमा ३४६ जना रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया