नुवाकोटमा नेकपाको नेतृत्व कसले लेला ? लिगलिगे दौड सुरु ,६ जनाबिच तिव्र प्रतिष्पर्धा

विदुर खबर २०७५ साउन २७ गते १४:३०

Advertisement

नुवाकोट÷माओवादी केन्द्र र एमाले पार्टी एकिकरणपछी बनेको नेकपाको जिल्ला संगठनहरु भाद्र ४ गते भित्र एकिकरण हुने तयारीमा छन् । अहिले नुवाकोटमा को अध्यक्ष बन्ने भन्ने चर्चा समेत सुरु हुन थालेको छ । नुवाकोटमा नेकपामा पुर्व एमालेबाट ३ जना तथा पुर्व माओवादीबाट पनि ३ जनाको अध्यक्षमा दावी रहेको चर्चा समेत अहिले सुरु भएको छ ।जसले गर्दा नुवाकाटमा नेकपाको नेतृत्व कसले गर्ला भन्ने विषयमा अनौपचारिक रुपमा लिगिलिगे दौड शुरु भएको छ ।

सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन केन्द्रले निर्देशन दिएको भएपनि को अध्यक्ष बन्ने भन्ने टुंगो लाग्न सकेको छैन । कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । नुवाकोटमा १४५ सदस्यीय जिल्ला समिति हुनेछ । अहिले दुबै पुर्ब पार्टीका जिल्ला स्तरीय नेताहरु ५०-५० मा एकीकरण हुने तयारी भैरहेको भएपनि नेतृत्वमा को जाने र कसले गर्ने भन्ने बारे निणर्यमा पुग्न सकेका छैनन् । स्थानिय निर्वाचन बाहेकको अरु निर्वाचनमा नेकपा एमालेभन्दा माओवादी केन्द्रको मत बढी आएको भन्दै तत्कालिन माओवादी केन्द्रका नेताहरुले नुवाकोटमा आफुले नेतृत्व गर्न पाउनुपर्ने माग अनौपचारिक रुपमा गरेका छन । तर एमाले नेताहरु पहिलाको कुरा गरेर नहुने बताउँछन ।

Advertisement

तथापि सबैको दौडधुप भने जारि छ ।अहिले अध्यक्ष बन्ने दौडमा पुर्व एमालेबाट बिन्दा ढुंगाना,रामशरण प्याकुरेल र राजेन्द्रप्रकाश लोहनी रहेका छन् भने पुर्व माओवादीबाट पुष्प लामिछाने(अरुण),रामप्रसाद ढुंगाना र श्री कृष्ण अधिकारी(विवेक) रहेका छन् ।

प्रतिक्रिया