तारेकेश्वर गाउँपालिकाको मजुवामा आईचर दुर्घटना, एक घाइते

विदुर खबर २०७५ साउन २६ गते १४:२५

Advertisement

मजुवा÷तारेकेश्वर गाउँपालिका वडा नं ६ को मझुवामा शुक्रबार साँझ आइचर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।

घाइते हुनेमा आइचरका सहचालक धादिङको गल्छि गाउँपालिका केउरेनी रामचन्द्र ढुङ्गाना रहेको जिल्ल प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घाइते ढुङ्गानाको हात, खुट्टा र मुखमा चोट लागेको छ । उनको सि.टि. हस्पिटल बिदुरमा सामान्य उपचारपछि शुक्रबार राती नै काठमाण्डौ पठाइएको छ ।

Advertisement

बट्टारबाट मझुवा तर्फ जादै गरेको बा ४ ख ८१३६ नं. को कुखुरा बोक्ने आईचर गाडी उकालो चढ्न नसकी पछाडी आउदा चिप्लियर सडक बाट अं ३०० मिटर तल खस्न जादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया