नुवाकोटको पासाङल्हामु राजमार्ग सात दिनमा पनि खुलेन,यात्रु मर्कामा

नुवाकोट , नुवाकोटको पासाङ ल्ह्ममु राजमार्ग अबरूद्ध भएको सात दिनमा पनि सञ्चालनमा नअाएपछि यात्रुले सास्ती व्यहोर्नु परेको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका १ अोखरपाैवामा सडक भासिएपछि सडक अबरूद्ध भएको साता दिन भएको छ । तर सडक मर्मतका लागि ठोस काम नहुँदा दिनहुँ उक्त मार्ग प्रयोग गरेर अावत जावत गर्ने रसुवा, नुवाकोट र धादिङका केही भेगका जनता मर्कामा परेका छन । .
काठमाडाैँबाट नुवाकोट प्रवेशको एकमात्र मुख्य मार्गनै बन्द भएपछि ककनी र बेलकोटका जनताले घुमेर गल्छी र छहरेको बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बोलकोटगढी स्थायी घर भएका सुशील कोइरालाले सामाजिक सञ्जाल मार्फत बाटो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन । सडक भाँसिदा सबैभन्दा बढी समस्या बिरामीहरूलार्इ परेको छ । बिरामीलार्इ एम्बुलेन्सबाट अोरालेर १०० मिटर सडकमा स्ट्रेचरमा बोक्नु पर्ने अवस्था रहेको छ । तस्बीरः सुशील कोइरालाको फेसबुकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया