विदुर नगरपालिकामा ३१ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ साउन २० गते २१:२९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा मंगलवार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २४ पुरुष र १७ महिला रहेका छन् । यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय १२ पुगेको छ ।

नगरपालिकामा रहेका कुल कोरोना संक्रमितमध्ये एक हजार ५ सय ९१ पुरुष र एकहजार २९ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

नगरपालिकाको विभिन्न आइसोलेसनमा अहिले एकसय १३ पुरुष र एकसय ४ महिलासहित २ सय १७ जना उपचाररत रहेको विदुर नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

विदुर नगरपालिकामा ३ हजार ३ सय ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले बताएको छ ।

Advertisement

प्रतिक्रिया