ककनी गाउँपालिकामा एकैदिन ३७ जना कोरोना सक्रमित भेटिए
विदुर खबर
२०७८ साउन २० गते ६:४१
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एकैदिन ३७ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्त्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएसँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २१ पुरुष र १६ महिला रहेका छन् । गाउँपालिकामा रहेका कुल ३ सय ७८ कोरोना संक्रमितमध्ये २ सय ३२ जना पुरुष र एकसय ४६ महिला रहेका छन् ।
गाउँपालिकामा हाल ६२ जना कोरोना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको ककनी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
ककनी गाउँपालिकामा असहलेसम्म एक हजार ४ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
ककनी गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया