ककनी गाउँपालिकामा एकैदिन ३७ जना कोरोना सक्रमित भेटिए
विदुर खबर
२०७८ साउन २० गते ६:४१
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकामा एकैदिन ३७ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्त्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएसँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २१ पुरुष र १६ महिला रहेका छन् । गाउँपालिकामा रहेका कुल ३ सय ७८ कोरोना संक्रमितमध्ये २ सय ३२ जना पुरुष र एकसय ४६ महिला रहेका छन् ।
गाउँपालिकामा हाल ६२ जना कोरोना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेको ककनी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
ककनी गाउँपालिकामा असहलेसम्म एक हजार ४ सय ६५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
ककनी गाउँपालिकामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने
बेलकोटको नलगाउँमा रुखले च्यापिएर एक जनाको मृत्यु
टिमुरे यातायातले त्रिशुली- काठमाडौँ चल्ने ईभीको भाडा नबढाउने
काठमाण्डौ–त्रिशुली भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा, कहाँको कति ?





प्रतिक्रिया