नुवाकोटमा १ अर्ब ६१ करोड बजेट फ्रिज

विदुर खबर २०७८ साउन १५ गते १४:४९

नुवाकोट । नुवाकोटमा आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये १ अर्ब ६१ करोड बजेट फ्रिज भएको छ ।

Advertisement

संघ र प्रदेश सरकारबाट प्राप्त १५ अर्ब ६९ करोड ५३ लाख २१ हजार रुपैयाँमध्ये १४ अर्व ८० करोड ८ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यलयको अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त रकम मध्ये ८९.७१ प्रतिशत मात्रै खर्च भएको हो । कार्यलयका सुचना अधिकारी युवराज डुम्रेको अनुसार १ अर्व ६१ करोड ४४ लाख ७८ हजार रुपैयाँ फ्रिज भएको छ ।

यस्तै, गत आर्थिक वर्ष नुवाकोटमा संघीय बजेटअन्तर्गत चालूतर्फको ७ अर्व ८४ करोड ८३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ७ अर्व ५५ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फको ४ अर्व ३७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ३ अर्ब ४२ करोड ६४ लाख १ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी डुम्रेले जानकारी दिए ।

Advertisement

जिल्लामा प्राप्त १२ अर्ब २२ करोड ३३ लाख १२ हजार रुपैयाँ संघीय बजेटमध्ये १ अर्ब २४ करोड १७ लाख १६ हजार रुपैयाँ खर्च हुन नसकेको हो । यस्तै गत आर्थिक वर्ष जिल्लामा प्राप्त प्रदेश बजेटअन्तर्गत चालूतर्फको १ अर्व २३ करोड ४ लाख २१ हजार रुपैयाँ मध्ये १ अर्व ५ करोड ५७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारबाट पुँजीगत तर्फको २ अर्ब २४ करोड १५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेटमध्ये २ अर्व ३ करोड ३४ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । जिल्लामा प्राप्त ३ अर्व ४७ करोड २ लाख ९ हजार रुपैयाँ बराबरको प्रदेश बजेटमध्ये ३७ करोड २७ लाख ६१ हजार रुपैयाँबराबरको बजेट खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यलयका सुचना अधिकारी डुम्रेले जानकारी दिए ।

Advertisement

गत आर्थिक वर्षमा संघीय सरकारबाट ६९ करोड १९ लाख ६० हजार रुपैयाँ र प्रदेश सरकारबाट १८ करोड ५५ लाख ६८ हजार रुपैयाँ गरी ८७ करोड ८५ लाख ४६ हजार रुपैयाँ राजस्व प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया