नुवाकोटमा आजदेखि ५५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

विदुर खबर २०७८ साउन १५ गते १३:३१

नुवाकोट । नुवाकोटमा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

Advertisement

जिल्ला भित्रका ५५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम जिल्लाको १२ वटै स्थानियत तहमा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय नुवाकोटले सुचना जारी गरेको छ ।

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १७ गते ५० देखि ५४ वर्षका जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यसअघि नुवाकोटका ६५ वर्षमाथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइसकिएको छ ।

 

Advertisement

प्रतिक्रिया