नुवाकोटमा धमाधम कोरोना संक्रमित वढ्दै

विदुर खबर २०७८ साउन ८ गते १६:१४

नुवाकोट ।  गत साता ओरोलो लागेको कोरोना संक्रमणको स्थिति नुवाकोटमा फेरी वढ्न थालेको छ ।

Advertisement

१२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा विहीवार २७ जना निको भएका छन् भने थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नुवाकोटमा ४८ जनाको आरटिपिसिआर र ४९ जनाको एन्टीजेन परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार सर्वसाधारणले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने अवस्था आएको छ ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ३ सय ६० जना पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २८ पुरुष र २२ जना महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बेलकोटगढी नगरपालिकामा १४ महिलासहित ३० जना कोरोना संक्रमित थपिएका छन् । विदुर नगरपालिकामा चार महिलासहित ११ जना संक्रमित थपिएका छन् ।

Advertisement

उता, ककनी गाउँपालिका, सुर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा दुई÷दुई जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी खनालले बताए । पन्चकन्या, गाउँपालिका म्यागड गाउँपालिका र तादी गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय २७ महिलासहित ५ सय ३२ जना पुगेको छ । सक्रिय कोरोना संक्रमित मध्ये ४ सय ७२ जना होम आइसोलेसनमा, ३७ जना अस्पतालमा र २३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा २७ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ७ सय ९१ जना पुगेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये ३६ जनाको कोरोनाको दोश्रो भेरियण्टवाट ज्यान गएको हो ।

नुवाकोटमा संक्रमितका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ९०, खरानीटार अस्पतालमा ३० तथा विभिन्न आइसोलेसन सेन्टरमा तीनसय आठ थान वेड संख्या रहेको छ । हालसम्म २२ हजार २ सय २४ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया