नुवाकोटमा आज ५० जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ साउन ७ गते १६:२३

नुवाकोट । नुवाकोटमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४८ जनाको पिसिआर र ४९ जनाको एन्टीजेन परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये २८ पुरुष र २२ महिला रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बेलकोटगढी नगरपालिकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै विदुर नगरपालिकामा ११ जना संक्रमित थपिँएका छन् ।

त्यस्तै ककनी गाउँपालिका, सुर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान २ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी खनालले बताए । यस्तै पन्चकन्या, गाउँपालिका म्यागड गाउँपालिका र तादी गाउँपालिकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यससँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ३२ पुगेको छ । सक्रिय कोरोना संक्रमित मध्ये ४ सय ७२ जना होम आइसोलेसनमा, ३७ जना अस्पतालमा र २३ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार ७ सय ९१ पुग्ेको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जिल्लामा हालसम्म २२ हजार २ सय २४ जनाको पिसिआर परिक्षण गर्रिको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रतिक्रिया