त्रिशुली अस्पताललाई किस्पाङ गाउँपालिकाको १० लाख सहयोग

विदुर खबर २०७८ साउन ५ गते ७:१६

नुवाकोट । किस्पाङ गाउँपालिकाले जिल्ला त्रिशुली अस्पताललाई १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।

Advertisement

नुवाकोटमा कोरोना संक्रमणको तेश्रो भेरियण्ट पुष्टि भएसँगै बालबालीकाहरुको लागि छुट्टै आईशियु कक्ष स्थापनाको लागी किस्पाङ गाँउपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

यस भन्दा अगाडीनै किस्पाङ गाँउपालिकाले त्रिशुली अस्पतालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

Advertisement

त्यसै अनुरुप गाँउपालिकाले अहिले अस्पताल बिकास समितिलाई १० लाख रुपैयाँ प्रदान गरेको किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिनुभएको छ । त्रिशुली अस्पतालमा अहिले २० कक्षको आइसियु वार्ड रहेको छ ।

कोरोना संक्रमणको तेश्रो लहर जिल्लामा पुष्टि भएकाले अस्पताललाई थप उपकरण खरिद तथा नयाँ आईशियु कक्ष स्थापनाको लागी रकम अभाब रहदै आएको थियो ।

Advertisement

सिमित श्रोत तथा साधन रहेको ५० शैयाको त्रिशुली अस्पतालले अहिले ७० कक्षको कोभिड वार्ड सञ्चालन गर्दै आएको छ । यसका साथै थप ५० बेडको जनरल वार्ड समेत सञ्चालन गर्दै आएको त्रिशुली अस्पताल बिकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारको लागि अस्पतालले अत्यन्त राम्रो भुमिका खेलेको हुदाँ प्रोत्साहनस्वरुप र कार्यसम्पादनमा सहजताका लागी किस्पाङ गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट सहयोग गरेको गाँउपालिका अध्यक्ष छत्र लामाले बताउनुभयो ।

अध्यक्ष लामाको नेतृत्वमा किस्पाङ गाउँपालिकामा कोरोनाको सम्भावित जोखिम न्युनिकरणका लागी ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन केन्द्रको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया