कोभिड अस्पतालमा भीषण आगलागी, झण्डै ५० संक्रमितको मृत्यु
एजेन्सी । इराकको कोभिड अस्पतालमा आगो लाग्दा झण्डै ५० जना संक्रमितको ज्यान गएको छ।
नसिरिया सहरको अल–हुसेनअस्तपतालको आइसोलेसन वार्डमा आगो लाग्दा संक्रमितहरुको मृत्यु भएको बिबिसीले जनाएको छ।
आगलागी हुनुको कुनै कारण स्पष्ट नभएपनि रिर्पोट अनुसार अक्सिजन ट्याङक विस्फोट हुँदा सो क्षती भएको हो।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कधिमिले अस्पताल प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।
स्वास्थ्य कर्मचारीहरुका अनुसार आगो लाग्दा झण्डै ६३ जना मानिसहरु अस्पताल भित्र थिए। नयाँ आइसोलेसन वार्ड जुन तीन महिना अगाडिमात्र तयार भएको थियो, त्यहाँ ७० वटा बेड छ।
यस अघि पनि बग्दादको एक अस्पतालमा अक्सिजन ट्याङक पड्केर ८२ जनाको ज्यान गएको थियो भने ११० जना घाइते भएको थियो। यो घटना पछि स्वास्थ्यमन्त्री हसन अल–तामिमिले राजिनामा दिएका थिए।
यराकमा हालसम्म १४ लाख मानिसहरु कोरोना संक्रमित भएका छन् भने १७ हजार भन्दा बढिको मृत्यु भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वास्थ्य बिमा संकटमा: सेवा कटौती
गगन थापाको राजीनामा अस्वीकृत
जसरी भए पनि अर्ली इलेक्सन गर्ने दाउमा एन्फा
आज यी प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना
सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो





प्रतिक्रिया