नुवाकोटमा थप ५१ जनामा कोरोना पुष्टि
नुवाकोट । नुवाकोटमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८८ जनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ५१ जनामा कोरोना संक्रमिण पुष्टि भएको हो ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९९ पुगेको छ । आज भेटिएका संक्रमितमध्ये ३३ जना विदुर नगरपालिकाका रहेका छन् । यस्तै लिखु गाउँपालिकामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै किस्पाङ गाउँपालिकाका र सुर्यगढी गाउँपालिकाका समान ३÷३ जना, बेलकोटगढी नगरपालिका, पन्चकन्या र तारकेश्वर गाउँपालिकाका थप २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै म्यागङ र शिवपुरी गाउँपालिकाका सामान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ३५ जना होम आइसोलेसनमा, ३० जना अस्पतालमा र १९ जना आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हालसम्म जिल्लामा २१ हजार एकसय ५७ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया