नुवाकोटमा संक्रिय कोरोना संक्रमितको संख्या घट्दै

विदुर खबर २०७८ असार २७ गते ७:२८

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संखया घट्दै गएको हो ।

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ हजार २ सय ९२ पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितमध्ये ४ सय ५७ जना होम आइसोलेसनमा, २५ जना आइसोलेसन सेन्टरमा र ३२ जना विभिन्न अस्पतालमा उपचारत रहेका कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

युस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा १४ जना कोरोना संक्रमित थपिँदा पन्चकन्या गाउँपालिकामा ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै किस्पाङ गाउँपालिकामा ३ जना, लिखु गाउँपालिकामा २ जना, बेलकोटगढी नगरपालिका,दुप्चेश्वर गाउँपालिका र म्यागङ गाउँपालिकामा समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै हालसम्म जिल्लामा ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसककेको कार्यालयले जानकारी दिएको छ ।

नुवाकोटमा हालसम्म २१ हजार ९३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया