नुवाकोटको राईसिंङबाट ६ जुवाडे पक्राउ

विदुर खबर २०७८ असार २६ गते २२:०२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ राईसिङमा तास खेलीरहेको अवस्थामा प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको छ ।

Advertisement

उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनीहरुको साथबाट एक लाख २९ हजार ७ सय ६५ रुपैयाँ नगद समेत बरामद गरिएको छ ।

शक्रुवार दिँउसो साढे ४ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया