नुवाकोटमा साउन १ गतेसम्म निषेधाज्ञा थपियो

नुवाकोट । नुवाकोटमा आगामी साउन १ गते १२ बजेसम्म निषेधाज्ञाको समय थपिएको छ ।
जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिइएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय शुक्रवार राति १२ बजसम्म काय रहेको थियो ।
डिसिसिएमसीको शुक्रवार बसेको बैठकले असार ३१ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
निषेधाज्ञाको समय थप गरिएको भएपनि पसल व्यवसाय सञ्चालन गर्न पाइने छ भने जिल्ला भित्र सवारी साधन समेत सञ्चालन गर्न पाइने छ ।
निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्नेछ ।
आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश, २०७८ बमोजिम कारवाही गरिने निर्णय भएको छ ।
प्रतिक्रिया