नुवाकोटको सुर्यगढीमा एक युवतीको रहस्यमय तरिकाले मृत्यु

विदुर खबर २०७८ असार २१ गते ९:१७

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ मा एक युवतीको रहस्यमहय तरिकाले मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा वडा नम्बर ५ फेदीवेशीकी १९ वर्षिया सुष्मा तामाङ ढकाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनलाई घरबाट करिव १० मिटर टाढा एक रुखमा झुन्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए ।

तर उनको मृत्यु अस्वभाविक तरिकाले भएको भन्दै माईतीपक्षले उनका श्रीमान दिपेन्द्र ढकाल लगायतको नाममा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीपछि उनका श्रीमान दिपेन्द्रलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राय गरि अनुसन्धान शुरु गरेको छ ।

Advertisement

मृतक सुष्माकी आमा सुन्तली तामाङका अनुसार यसअघि पनि उनका श्रीमानले उनलाई पटकपटक घाँटी निमोढ्ने गरेको बताइन् । आमा सुन्तलीका अनुसार उनको मृत्यु अस्वभाविक रुपमा रहेको, शरीका अंगहरुमा घाउचोट, निलडाम रहेकोले उनको आत्महत्या नभई हत्या नै भएको बताइन् ।

यसअघि मृतक सुष्माकी दिदि ललिता तामाङका अनुसार उनको मृत्यु भएको असार १६ गते करिव ६ बजे अघि वहिनिले उनलाई घरमा आफुलाई लिन आमालाई लिएर आउन मोबाइलमा म्यासेज गरेकी थिइन् । त्यस लगत्तै उनको घरबाट उनी हराएको भन्ने खबर उनका ससुरा कृष्णप्रसाद ढकालले फोनमार्फत जानकारी गराएको दिदि ललिताले विदुर खबरलाई जानकारी दिइन् ।

Advertisement

त्यसपछि पटकपटक उनका परिवारसँग फोनमा कुरा गर्दा कहिले हराएको त कहिले बाख्राको खोरमा झुन्डिएको अवस्थामा फेला पारिएको बताएका थिए । त्यस्तै उनका श्रीमान दिपेन्द्र ढकाललाई फोन गर्दा आफु काठमाण्डौ आइसकेको र घटनावारे आफुलाई थाहा नभएको बताएका थिए ।

मृतक सुष्माको घरबाट उनी हराएको भन्ने सुचना पाएलगत्तै खोज्न गएका उनका माईतीपक्षले करिव १२ बजेतिर उनलाई झुन्डिएको अवस्थामा फेला पारेको थियो । घटना लगत्तै सो ठाउँमा प्रहरी पुगेपनि अनुसन्धान नगरिएको मृतकका भिनाजु प्रकाश गुरुङले गुनासो गरे । यस्तै प्रहरीमा किटानी जाहेरी गरेपनि प्रहरीले किटानी जाहेरी लिन नमानेको उनको भनाई रहेको छ ।

मृतक सुष्माको शनिवार त्रिशुली अस्पतालमामा पोष्टमार्टम गरि दाहासंसकार गरिएको छ । उनको पोष्टर्माटमको रिर्पाट आइसकेको छैन ।

तर उनका माइतीपक्षले भने आफ्नो छोरीले आत्महत्या गरेको नभई छोरीको हत्या नै भएको भन्दै आफुहरुले न्यायको माग गरेको बताएका छन् ।

प्रतिक्रिया