नुवाकोटमा ओली सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)

नुवाकोट । नुवाकोटमा शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दोस्रो पटक असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध विभिन्न बिपक्षि गठबन्धनका विद्यार्थी संगठनहरुले नुवाकोटमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
संगठनको केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेको अखिल(क्रान्तिकारी) नुवाकोटका अध्यक्ष विनोद कोइरालाले जानकारी दिए । उनले प्रधानमन्त्रि ओलीको कदम प्रतिनिधिसभा विघटनको असंवैधानिक, स्वेच्छाचारी, अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मशाल जुलुस सहितको वृहत प्रदर्शन गरिएको हो ।’
असंवैधानिक प्रतिनिधिसभाको विघटन, पेट्रोलियम पदार्थ तथा खाद्यान्हको मूल्यवृद्धि, लगायतको विरोध गर्दै सरकारविरुद्ध प्रदर्शन गरिएको नेविसंघ नुवाकोटका नेता शंकर पाण्डेले जानकारी दिए ।
मसाल जुलस प्रदर्शनमा प्रहरीले धरपकट समेत गरेको थियो । प्रधानमन्त्री ओलीले दोस्रो पटक पुन प्रतिनिधिसभा विघटन गरेपछि विद्यार्थी संगठनहरुले संयुक्त रुपमा लगातर विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।
विद्यार्थीहरुले मसाल बोकेर बट्टार बजार परिक्रममा गर्दै प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा पुनस्थापन गर्न माग गरेका छन् ।
विद्यार्थी संगठनहरुले गरेको मसाल जुलुस प्रदर्शनमा पार्टीका जिल्ला स्थित शिर्षतहका नेताहरु पनि उत्रिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया