गेर्खु स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण
नुवाकोट । यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको गेर्खु स्वास्थ्य चौकीसहित लिखु र शिवपुरीका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
शुक्रबार यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको विभिन्न स्थानीय तहमा गरि ४ थान अक्सिजन कन्सनट्रेटर माक्स र स्यानीटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।
यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले आज नुवाकोटको विदुर नगरपालिका साविकको खडका भन्ज्याङ्ग, कल्याणपुर, गेर्खु र शिबपुरि गाउँपालिकाको वडा नं ३ , लिखु गाउँपालिकाको सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी एक एकवटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टका महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको उपचार तथा नियन्त्रणमा राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी आफूहरु मानवीय सेवामा तल्लीन रहेको ट्रष्टका महासचिव केसीले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया