लिखु गाउँपालिकालेजस्तो काम अरुले गरेका छैनन्
लिखु नुवाकोट जिल्लामा रहेको १० वटा गाउँपालिकामध्येको एक हो । ६ वटा वडा रहको यस गाउँपालिकामा धान र आलु खेतीका लागि राम्रो सम्भावना रहको छ । भौतिक पुर्वाधारको विकासले पनि अन्या गाउँ पालिकाको तुलनामा लिखु गाउँपालिकालाई सगम मानिन्छ ।
गत ०७४ को स्थानीय निकायको निवाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धवार बनेर विजयी बनेका लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठसँग विकास निर्माणमका गतिविधि र कोरोना भाइरस नियन्त्रणको लाग िभइरहेको विषयमा गरिएको कुराकानी ।
लिख गाउँपालिकामा निर्वाचित भएको चार वर्ष बितिसक्यो, के उल्लखनीय काम गर्नुभयो ?
हामी स्थानीय तहमा निर्वाचितभएर आएपछि लिख गाउँपालिकामा धेरै परिवर्तन भएको छ । विकास– निर्माणको काम, भौतिक पूर्वाधार,खानेपानी, स्वास्थ्य शिक्षामा उल्लेखनीय कार्य गरेका छौँ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको बहउपभोगका लागि योजना बनाएर कार्य गरिरहेका छौँ ।
नुवाकोट जिल्लाकै ठूला–ठूला फाँट लिखु गाउँपालिकामा रहेको छ । यहाँ रहेकोसिमारा सिँचाइ जहाँ ६ सय हेक्टर जमिनमा सिँचाइ हन्छ । थानसिं फाँट जहाँ पाँच सय हेक्टर जमिनमा सिञ्चित हन्छ । थानसिं फाँट लिखको गहनाको रूपमा रहेको ठूला फाँटमा पर्दछ । यहाँ कृषिमा आत्मनिर्भर बनाउन यान्त्रिकीकरण आधुनिकीकरण नयाँ–नयाँ मेसिन– औजार भित्र्याएर धान रोप्ने, कट्ने, खेत जोत्ने अन्य यान्त्रिकीकरण मेसिन ल्याएर कृषिमा नयाँ आयाम थालेका छौँ । कृषिमा लाग्नेको हौसला बढाएका छौँ । अनदानका लागि यहाँ तरकारी खेती, फलफूल खेती, माछापालन, भैँसीपालन, बाख्रापालन, कुखुरापालनका लागि संघीय सरकारबाट रकम पाप्त भएको छ । ठूला चक्लाबन्दीमा खेती गर्ने प्रचलन पालिकामा सरु भएको छ ।
शिक्षा र स्वास्थ्यमा अवस्थामा लिखु गाउपालिकाका अवस्था कस्तो छ ?
विद्यालयमा कम्प्युटर अब्ग्रेजी माध्यममा पठन–पाठन गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आधारभूत विद्यालयलाई हामीले अगाडि बढाइरहेका छौँ । साथै स्वास्थ्यमा पनि हामीले धेरै परिवर्तन गरेका छौँ । स्थानीय तह भएपछि जम्मा तीनवटा स्वास्थ्यचौकी रहेको थियो, थप तीनवटा आधारभूत सामुदायिक स्वास्थ्यचौकी बनाएर पालिकाको निजी स्रोतमा नर्स, स्वास्थ्य इन्चार्जको व्यवस्था गरेका छौँ ।अहिले पत्येक वडा कार्यालयमा जाने ६ मिटरदेखि ७ मिटरको बाटो बनाएका छौँ ।लिखु गाउँपालिकाको ६ वटै वडामा खानेपानीको ठूलो समस्या थियो । अहिले लगभग १० पतिशत मात्र समस्या रहेको छ ।
हामीले ९० प्रतिशत खानेपानीको समस्या हल गरेका छौँ । खानेपानीका लागि एक घर एक धाराको अवधारणाअनसार काम भइरहेको छ ।
भौगोलिक रूपमा लिखु गाउँपालिका अलि सुगम क्षेत्र पनि मानिन्छ, अन्य गाउपालिकाका हिसाबमा कति पनि विकास भएन भन्न गुनासो आइरहेका छन् नि ?
गुनासो त अब देख्नेले देख्या छन्, नदेख्नेले जति गरे पनि देख्दैनन् । तपाईं हेर्नुस् लिखुले जति काम अरू पालिकाले नगरेको म दाबीका साथ भन्छु । अन्यत्र गाउँपालिकका÷नगरपालिका र लिखुको दाँजो यहाँ कति काम भएको छ ।
तपाईंहरूले सूक्ष्म रूपमा मूल्याब्कन गर्न सक्नुहुनेछ । म दुईपटक गाविस अध्यक्षर एकपटक गाउँपालिका अध्यक्ष भइसकेको छु । तीनपटक जनप्रतिनिधि भइसकेको अनुभव मसँग छ । विरोधीको धर्म हो राम्रो कामको पनि नकारात्मक हल्ला फैलाउन । तर, उपभोक्ता समितिको नाममा यताको ढुब्गा उता पनि नपल्टाउनेहरूले विरोध गरिरहेका छन् ।
पाँचवर्षे कार्यकाल सकिन लाग्या काम गर्न बाँकी के के छन् ?
लिखु र तादी खोलाले कटान गरेर यहाँ सडक वस्ती र घरलाई क्षति गरेको थियो । त्यसलाई रोकथाम गर्न अहिले भर्खर सर्भे डिजाइन डिपिआरका लागि काम भइरहेको छ । स्थानीयको माग र आवश्यकताअनसार अनगिन्ती कामको थालनी हामीले गरेका छौँ । सबै काम एकैचोटि गर्न सकिँदैन । क्रमशःपाथमिकताको आधारमा गरिरहेका छौँ ।
तपाईंको कार्यकालमा गर्न बाँकी रहका केही काम छन कि ?
सबैभन्दा ठूलो खड्केको विषय नदी नियन्त्रण हो । यहाँ लाखौँ रोपनी जमिन नदी नियन्त्रण गर्न सकियो भने जनताले ठूलो राहत पाउनेछन् । एउटा मलाईचाहिँलागेको पम्रख उद्देश्य नदी नियन्त्रण तादी जन आप्रहदेखि चौघडा तादीको पुलसम्म यता छहरे सप्तरी फाँटदेखि तादी र त्रिशूली जोडिएको खोला छेउका खेतीयोग्य जमिन नियन्त्रण गर्न सकियो भने काठमाडौंबाट नदी रहेको भूभाग कृषिका लागि,पशपालनका लागि, जग्गा खरिदका लागि मानिस भित्रेका छन् ।
त्यसैगरी, काठमाडौंबाट नजिक रहेकाले आन्तरिक पर्यटनका लागि पनि विकास गर्न हामी लागिपरेका छौँ ।
तपाइको कार्यकालका अन्तिम बजेटे बन्दै छ । प्राथमिकता के–केलाई दिन लाग्नभएको छ ?
प्राथमिकता त अब अलिकति जनताको जिउधनको सुरक्षा गर्न प¥यो, त्यसैले यो कोभिड महामारीको अवस्थामा पहिलो हामो आवश्यकता भनेको स्वास्थ्य नै रहन्छ । त्यसपछि अब यो कोरोनाका कारण बेरोजगार भएकालाई रोजगारीमूलक कार्यक्रम ल्याउनेछ । कृषिलाई विगतदेखि नै पाथमिकताको क्षेत्रमा राखेका छौँ । यसलाई पनि निरन्तरता दिनेछौँ । शिक्षालाई पनि प्राथमिकतामा राखेर गुणस्तरीय पठनपाठनका लागि बजेट विनियोजन गर्ने गरी छलफल भइरहेको छ ।
कोरोनाले बेरोजगारी गुमेकालाई गाउँपालिकाले के गर्छ ?
गत साल हामीले राहतको व्यवस्था पनि गरेर लगभग श्रमिक गरेर ज्याला निमेक गर्नेलाई सबै वडामा गरेर ३२ लाख १० हजार रुपैयाँको राहत सामग्री वितरण गरेर, स्यानिटाइजर, मास्क वितरण ग¥यौँ । साबन मात्र २८ हजारको वितरण ग¥यौँ । पिपिई मास्क विभिन्न सब्घसंस्थाले पनि हामीलाई सहयोग गरेका थिए ।
अहिले पनि केही दिनअघि जोय फाउन्डेसन काठमाडौंले हामीलाई १० वटा अक्सिजनकन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।दाताबाट प्राप्त सामग्री र गाउँपालिकाले विनियोजन गरेको बजेट कोरोना नियन्त्रण, उपचार र सचेतनामा खर्च गरेका छौँ ।
तपाईं त भावी कांग्रेस सभापतिका उम्मेदवार बन्दै हुनुहुन्छु रे नि हो ?
होइन, मेरो त्यस्तो खासै इच्छा छैन । अब टिमवर्कका साथीहरूले सल्लाह गरेर यसमा रहनपर्छ भन्नभयो भने ठिकै छ । मलाई पदै चाहिन्छ, । पदबिना केही नहने भन्नेचाहिँ छैन । पहिला गएको अधिवेशनमा पनि मलाईपद नै चाहिन्छ भनेको थिइनँ । अहिले म काब्गेस क्षेत्रीय सभापति छु , क्षेत्रीय अधिवेशनको बेलामा पनि नेताहरूले नै तपाईं बस्दिनुस् भनेका थिए ।
म नवाकोट कांग्रेसको सभापति नभए पनि दूरदर्शी र कांग्रेसको पाको नेतालाई नेतृत्वमा ल्याउन लाग्नेछु ।
त्रिशुली प्रवाह साप्ताहिकबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया